मुख्य समाचार

गोल्छाविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप

काठमाडौं

उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ । गोल्छालाई प्रहरीले हिजो काठमाडौंको नक्सालबाट पक्राउ परेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उहाँलाई पक्राउ परेको हो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेको प्रहरीले जनाएको छ । 

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन प्राप्त भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उहाँलाई पक्राउ गरिएको हो ।