राष्ट्रिय

उप–राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण बारे राष्ट्रपति विद्या देवि भण्डारीलाई आज जानकारी गराउनु भएको छ ।

शितल निवासमा पुगेर प्रधानमन्त्री दाहालले पर्सी बिहीबारदेखि गर्न लागेको भारतको भ्रमणका विविध पक्ष तथा समसामयिक परिस्थिति बारे जानकारी गराउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले उच्चस्तरीय बैदेशिक भ्रमण हुन लागेकोमा खुसी व्यक्त गर्दै भ्रमणको सफलताको कामना गर्नु भएको थियो । भेटमा परराष्ट्रमन्त्री प्रकाशशरण महत लगायत सरकारका मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव लगायत उच्च अधिकारीको उपस्थिति थियो । 

यसैबीच उपराष्ट्रपति नन्द बहादुर पुन असंलग्न राष्ट्रको सत्रौं शिखर सम्मेलनमा भाग लिन भोली भेनेजुएला जाँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवि भण्डारीसंग आज भेट गरी उपराष्ट्रपति पुनले पनि आफ्नो भ्रमण बारे जानकारी गराउनुभएको छ ।