झापा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
काठमाडौंझापाको झापा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयनारायण शाह विजयी भएका छन् । उनले ४ हजार ४ सय ९४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र ताम्लीले ३ हजार ७ सय ८९ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने नेकपा एमालेकी कुन्तिदेवी बुढाथोकी ३ हजार ८ सय १६ मतका साथ विजयी भइन् ।