टिकट वितरणमा असन्तुष्ट राजपा महामन्त्रीद्धारा राजीनामा
- सर्लाही
स्थानीय तहको उमेदवार चयनमा एकलौटी भएको भन्दै राजपाका महामन्त्री एवं सांसद जंगीलाल रायले पदवाट राजीनामा दिनुभएको छ । सर्लाहीको कविलासी नगरपालिकामा आफुले सिफारिस गरेका ब्यक्तिले टिकट नपाएपछि रायले राजीनामा दिनुभएको हो ।
राजपा अध्यक्ष मण्डलका महेन्द्र राय यादव र राजेन्द्र महतोले संसदीय निर्वाचनमा उहाँ जितेको क्षेत्रमा हस्तक्षेप गरी आफ्ना मान्छेलाई टिकट दिएको रायले बताउनुभयो । रायले आगामी शुक्रवार बस्ने संसद बैठकमा सांसद पदबाट समेत राजीनामा दिने जानकारी दिनुभयो ।