राष्ट्रिय

सर्लाहीको रामनगरमा कांग्रेस र पर्सामा फोरम नेपाल विजयी

- अमन कोइरालाअमन कोइरालाअमन कोइरालासर्लाहीे


सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद बर्माले ३ हजार ९ सय ८३ र उपाध्यक्षमा कांग्रेसकै नितुदेवी यादवले ३ हजार ९ सय ५७ मत प्राप्त गर्दै निर्वाचित हुनु भयो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुलाल राय यादव र गितादेवीले क्रमश ३ हजार ३ सय १६ र ३ हजार ४ सय २७ मत प्राप्त गर्नुभयो । 

यस्तै, सर्लाहीकै पर्सा गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । फोरमका किसुनदेव राय २ हजार ३ सय १६ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो ।  उपाध्यक्षमा पनि फोरमकै इन्द्रकला देवीले २ हजार २ सय ७७ मत ल्याएर निर्वाचित हुनु भयो । राजपाका दिनेश यादवले अध्यक्षमा १ हजार ८ सय ४० र नसुल खातुनले उपाध्यक्षमा १ हजार ९ सय ५१ मत ल्याउनुभयो ।