तीन उप–महानगरपालिकामा भने एमाले र राजपाको अग्रता
- धनुषा, बारा
प्रदेश नम्बर २ अन्तर्गतका तीन उप–महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार बाराको कलैया र जितपुर–सिमरा दुवै उप–महानगरमा एमाले अगाडि छ । कलैयाको प्रमुखमा एमालेका उम्मेदवार विनोद साहले ५ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले ५ हजार २ सय ५५ र कांग्रेसका राजेशराय यादवले ५ हजार ५ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुख तर्फ एमालेकी प्रतिमा यादवले ५ हजार ४ सय ९३ मत, नेपाली कांग्रेसकी रहिमा खातुन ले ५ हजार १ सय ९५ मत र संघीय समाजवादी फोरमकी लक्ष्मी देवी पटेलले ४ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै जितपुर–सिमरा उप–महानगरको प्रमुखमा एमालेका तर्फबाट कृष्ण पौडेलले १३ हजार ७ सय ६० मत प्राप्त गरी अग्र स्थानमा रहनुभएको छ । कांग्रेसका कृष्णव्रत सिंहले ११ हजार २ सय २२ र माओवादी केन्द्रका राजन पौडेलले १० हजार ६ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखतर्फ एमालेकी सरस्वती चौधरीले १३ हजार २ सय ९९ मत, नेपाली कांग्रेसकी नारायणी रायमाझीले ११ हजार ७ सय ३४ मत र माओवादी केन्द्रकी गायत्री देवी थरुनीले १० हजार २ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै धनुषाको जनकपुर उप–महानगरपालिकामा राजपाको अग्रता कायम छ । प्रमुखमा राजपाका उम्मेदवार लालकिशोर साहले १६ हजार २८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मनोज साहले ७ हजार ९५ र नेकपा एमालेका लक्ष्मीनारायण भगतले २ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखतर्फ राजपाकी उम्मेदवार रीता झाले १२ हजार २ सय ७७ र कांग्रेसका तर्फबाट निलम कर्णले ६ हजार ७ सय ४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका पुनम मिश्रले २ हजार ७ सय ४७ मत प्राप्त गर्नुभएको छ ।