राष्ट्रिय

कर छलेर चिनियाँ भेडाच्याङग्रा नेपाली बजारमा

- बिनोद त्रिपाठीबिनोद त्रिपाठीबिनोद त्रिपाठीमुस्ताङ


दशैंको मौका छोपी कर छलेर चिनियाँ भेडा च्याङग्रा नेपाल भित्राइएको पाइएको छ । अघिल्ला बर्षमा चीनको तिब्बतबाट सोझै उपल्लो मुस्ताङ भएर ल्याइने च्याङ्ग्रा यसपटक अन्य रुटको प्रयोग गरेर भित्राइएको हो ।

दशैंका लागि ल्याइएका भेडा च्याङ्ग्रा दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुंदै पोखरा लगायतका शहरमा बिक्रि गरेको पाईएको हो । अन्य नाका हुदै ठुलो संख्यामा चिनियाँ भेडा भित्राइएको पाइएको कोरला भंसार कार्यालयका प्रमुख शुक्रदर्शन ढुंगानाले बताउनुभयो ।

भदौ २४ गतेसम्म खुलेको सो नाकाबाट भंसार कर तिरेर २ हजार च्याङग्रा मात्र भित्रिएको उहाँले बताउनुभयो । भन्सार कार्यालयका अनुसार कर छलेर २० हजार भन्दा बढि सेता च्याङग्रा चीनको तिब्बतबाट नेपाल भित्रिएका छन ।पशु चौपाया आयात गर्दा भंसार कार्यालयले ५ प्रतिशत कर लिदै आएको छ ।