राष्ट्रिय

सर्लाहीमा २० मध्ये १९ को मत परिणाम सार्वजनिक

- अमन कोइरालाअमन कोइरालाअमन कोइरालासर्लाहीे


सर्लाहीको सदरमुकाम रहेको मलंगवा नगरपालिकामा नेपाली काँग्रेसका निरसल साह ४ हजार २ सय ५३ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उमेदवार नागेन्द्र प्रसाद यादवले ३ हजार ८ य ८१ मत प्राप्त गर्नुभयो । उमपेयरमा काँग्रेसकै शान्ति भन्ने सवनम मिकरानी ३ हजार ७ सय ८२ मतका सथ विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्दी राजपाकी समा आरा ३ हजार ४ सय ४६ मत प्राप्त गर्नुभयो । 

त्यसैगरि ईश्वरपुर नगरपालिकाको मेयरमा एमालेका मनोज देवकोटा ६ हजार ५ सय ६० मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका जयप्रकाश चौधरीले ४ हजार ८ सय ३५ मत प्राप्त गर्नुभयो । उपमेयरमा एमालेकै एकादशी देवी चौधरी ६ हजार ६ सय ७८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँकी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी आदीमाया स्थाङ्वा ४ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो । 

हरिपुर नगरपालिकामा पनि एमालेका उमेदवार विजयी भएका छन् । मेयरमा जमरुद्धिन मंसुर ३ हजार ८ सय ५३ मतका साथ विजयी हुनु भउको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उदयनारायण चौधरी ३ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो । उपमेयरमा एमालेकै रेणुदेवी काफ्लेले ३ हजार ८ सय ५८ मत ल्याएर जित हासिल गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँंग्रेसकी पानवती देवीले ३ हजार ३ सय २५ मत प्राप्त गर्नुभयो । बरहथवा नगरपालिकामा माओवादी केन्द्रका देवानन्द महतो ७ हजार ३ सय ८ मत ल्याएर मेयरमा विजयी हुनु भएको छ । उहाँलाई नेपाली काँग्रेसका निरन्जन प्रसाद दासले ५ हजार २७ मतले पच्छ्याउनु भएको थियो । उपमेयरमा माओवादी केन्द्रकै सितादेवी माझीले ६ हजार ४ सय ९९ मत ल्याएर जित हासिल गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कंग्रेसकी यशोदादेवी निरौलाले ५ हजार ३ सय ९० मत प्राप्त गर्नुभयो । 

सर्लाहीका २० मध्ये १९ तहको परिणाम सार्वजनिक भएको छ । कविलासी नगरपालिका भने मतगणना जारी छ ।