राष्ट्रिय

प्रचारको गाडीमा विस्फोट, गोलीसहित १ पक्राउ

- लक्ष्मी शाहबारा


बारामा नेपाली काँग्रेसको प्रदेश सभा उम्मेदवार ओम कार्कीको प्रचार प्रसारमा प्रयोग भएको गाडीमा बम विस्फोट भएको छ । जितपुर सिमरा १ स्थित चालकको घर अगाडि पार्किङ गरि राखिएको बा१४च ६३३० नम्बरको गाडीमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटले गाडीको भित्री भागमा क्षति पुगेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रण लिएको छ । यसैबीच प्रहरीले सात राउन्ड गोलीसहित एक युवकलाई महागढीमाई नगरपालिका १ स्थित बजारबाट पक्राउ गरेको छ । सोही ठाउँका सोनु सिंह भन्ने सौरभ सिंहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।