राष्ट्रिय

निहिरा बज्राचार्य नयाँ कुमारीमा चयन

- प्रशान्त मालीप्रशान्त मालीप्रशान्त मालीकाठमाडौं

ललितपुरमा नयाँ कुमारी चयन गरिएको छ । ललितपुरकी ५ वर्षीया निहिरा बज्राचार्यलाई कुमारी छानिएको हो । अहिले युनिका बज्राचार्य कुमारी छिन् । ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाबिहारमा सोमबार छनोट टोलीले बज्राचार्यलाई नयाँ कुमारीका रुपमा चयन गरेको ललितपुर तलेजुका पूजारी निरन राजोपाध्यायले बताउनुभयो ।

उहाँकाअनुसार शास्त्र, ज्योतिष र भौतिक शरिरको आधारमा निहिरालाई चयन गरिएको हो । युनिका रजश्वला भएपछि नयाँ कुमारी चयन गरिएको रजोपाध्ययले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सुरुमा ५ जना बालिका छानेका थियौं, त्यसपछि अन्तिममा सोहना बज्राचार्य र निहिराबीच प्रतिस्पर्धा गराइएको थियो । जसमा निहिरा नयाँ कुमारीको रुपमा छानिइन् ।’ उहाँकाअनुसार आगामी फागुन ५ गते निहिरालाई कुमारीका रुपमा प्रतिस्थापन गरिने छ । शाक्य र बज्राचार्य कूलका बालिकालाई कुमारीको रुपमा चयन गरी पूज्ने चलन छ । ललितपुरमा चार वर्षअघि कुमारी फेरिएको थियो ।