राष्ट्रिय

प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

- प्रशान्त मालीप्रशान्त मालीप्रशान्त मालीललितपुर

ललितपुरको हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ ।

आइतबार राति बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन् । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ ।