भानु जयन्ती : जन्मघर नै खण्डहर
- काठमाडौंआदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । भानुजयन्तीको अवसरमा राजधानीसहित उहाँको जन्मस्थल तनहुँ लगायत जिल्लामा विशेष कार्यक्रमको आयोजना गरिएका छन् । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका भारतका अधिकांश क्षेत्र तथा तेस्रो देशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।
नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने नक्षत्र आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुाको चुादी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले भानु शिखर कटेरी गुरुयोजना बनाएको पनि लगभग ६ बर्ष भयो । तर, अहिले सम्म भानुको जन्मघर बनाउने सुरसार नै छैन ।
आदिकवि भानुभक्त आचार्यको जन्मघर खण्डहर बन्दै जाँदा समेत कसैको ध्यान जान सकेको छैन । पश्चिमाञ्चल विकास मन्चले भानु जन्मस्थललाई विकास गर्ने उदेश्यका साथ भानु शिखर कटेरी नामक गुरुयोजना मार्फत भानुभक्तको जन्मघर निर्माण गर्ने भनिएको पनि ६ बर्ष बितिसकेको छ ।तर, भानुभक्त जन्मेको घर भग्नाबशेष रुपमा परिण भएको देखिन्छ । भानुभक्तको नाम बेचेर मागी खाने भााडो रुपमा प्रयोग गरेको स्थानीय चन्द्रबहादुर रानाभाटको गुनासो छ ।
भानु जन्मस्थलको केही विकास नभएको र बत्तीमुनीको अध्यारो जस्तो भएको भन्दै परिवार तथा आफन्तले गुनासो गरेका छन् । जन्मस्थल हेर्नेका लागि देशविदेशबाट साहित्यिक पर्यटक आउने गरेको भए पनि भानुभक्तको घर खण्डहर भएको हेरेर फर्केने गरेको भानुभक्तका पााचौ पुस्ता केदारभक्त आचार्य बताउछन् ।
भानुजन्म स्थल विकास समितिलाई स्थानीय, प्रदेश र संघीय सरकार को मातहत राख्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । तर बजेट सन्दर्भमा भने केन्द्रिय सरकार ताक्नुको बिकल्प नभएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको भनाई छ ।
यस गुरुयोजना अन्र्तगत रामायण भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गुरुयोजनामा अतिथिगृह, भानुगृह, पुस्ताकलय निर्माण गर्ने लक्ष्य छ । पश्चिमाञ्चल विकास मन्चले भने सडक कारण भानु जन्मघर निर्माण गर्न ढिलाई भएको र मंसिर महिनाबाट भानुभक्तको जन्मघर निर्माण गर्ने तयारी भइरहेको छ । भानु शिखर कटेरी गुरुयोजनालाई समयमा सम्पन्न गरी चुादी रम्घालाई साहित्यक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी छ ।
राष्ट्रिय विभुति आदिकवि आचार्यको जन्म वि.स १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा अनुवाद गरी चर्चाको शिखरमा पुगेका भानुभक्तका प्रश्नोत्तर , भक्तमाला, बधुशिक्षा लगायत कृतिहरु चर्चित छन् ।