राष्ट्रिय

रेड पाण्डाको छालासहित ५ जना पक्राउ

- जे पाण्डेजे पाण्डेजे पाण्डेबाँके

-  बाँकेको  कोहलपुर इलाका प्रहरी कार्यालय बाकेले रेड पाण्डाको छालासहित ५ जनालाई पक्राउ  गरेको छ । गएराति कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सन्ध्यालक्ष्मीको खाजा घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कोहलपुरकै बुद्धि शर्मा,मुकेश दमाइ, बाकेकै बैजनाथ गाउँपालिकाका थमन दमाइ, दिपक सुनार र बलराज ऐरि छन् । उनीहरुलाई प्रहरी हिरासत राखेर थप अनुसन्धान गर्दै गरेको प्रहरीले जनाएको छ