राष्ट्रिय

राप्ती नदीमा डुबेर दुईको मुत्यु

- ठाकुरसिंह थारुठाकुरसिंह थारुनेपालगञ्ज्

 राप्ती नदीमा डुबेर बाँकेमा दुई बालकको मृत्यु भएको छ । राप्ती नदीमा डुबेर बाँकेको नरैनापुर गाउँपालिका ५ मटेहियाका ९ वर्षीय प्रविन शेष र ७ वर्षीय सरिफन शेषको मृत्यु भएको हो ।

दिउंसो दुई बजेतिर नदीमा डुबेको अवस्थामा उनीहरुको शव फेला परेको थियो ।

बाख्रा चराउन गएका उनीहरुको नदीमा डुबेर मृत्यु भएको बाँकेका प्रहरी उपरिक्षक एसपी अरुण पौडेलले बताउनुभयो ।