राष्ट्रिय

एक लाख नगद घुस सहित प्रहरी पक्राउ

- पवन यादवपवन यादवपवन यादवपवन यादवबारा

– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाको टोलीले कलैया उपमहानगरपालिका १ देवकीलाल धर्मशालाबाट एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले भित्रिने गुट्खा, पान मसाला लगायतको अवैध कारोवार गर्न सहजीकरण गरिदिने आश्वासन दिई कारोवारीबाट एक लाख रुपैयाँ नगद लिंदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार ३० वर्षिय सुदामा हजरालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय गण नं. २ रातोमाटो हेटौडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हजरा पर्सा जिल्लाको जगरनाथपुर ८ निवासी हुन् । पक्राउ परेका हजरालाई हेटौडा लगेर थप अनुसन्धान गरिने र अनुसन्धानपछि आईतवार केन्द्रिय कार्यालयमा पठाईने एक अधिकारी बताए । कारोवारीलाई धाक धम्की देखाई पैसा मागेको उजुरीका आधार रंगेहात पक्रिएको अख्तियारले जनाएको छ ।