दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
- उदयपुरउदयपुरमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बेलका नगरपालिका वार्ड न ९ माछापुच्छ्रे बन नजिक बिहान मोटरसाकल दुर्घटनामा परी सुनसरी बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को सैलेश माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते दिपेन राईको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।