डोल्पाका विभिन्न गाउंमा चैति सुरु
- डोल्पा– डोल्पाका विभिन्न गाउंमा यतिबेला जनजातिहरुको चाड चैति सुरु भएको छ । हिन्दुहरुको महान चाड बडादशैं जस्तै विभिन्न जातजाति मध्ये जनजाति भित्र पर्ने काइकेहरुको चाड चैति सुरु भएको हो । चैति मान्नेहरुले जमरा उमार्ने, मिठो मसिनो खाने, राम्रो लगाउने, रमाइलो गर्ने, घरघरमा गएर नाचगान गर्ने, ठुलाबडालाई जमरा लगाइदिने गरिन्छ ।
नाचगान गर्दा पुथादेवको लामो कथा रुपी गानलाई गाउंदै नाच्ने चलन छ । यति बेला तिप्ला र थालामा चैति सुरु भैसकेको छ भने लावन, शहरतार, टुप्पातारा, गुम्बातारा लगायतका गाउंमा हप्तादिन पछि चैति सुरु गर्ने तयारी भैरहेको काइके गाउंपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रोकायाले बताउनुभयो । चैति एक महिनासम्म मनाइन्छ ।