राष्ट्रिय

जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

- कुम्भराज राईकुम्भराज राईओखलढुंगा

- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका —६ सिमपानीमा स्कर्पियो जीप दुर्घटना हुँदा एक दम्पती सहित ६ जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् ।

सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं आउदै गरेको बा १६ प २२०७ नम्बरको स्कारपियो दुर्घटना हुँदा ताप्लेजुङको ओलाङचुङ्गगोला —९ का ५५ बर्षीय मिङ्मा शेर्पा,  उनकी श्रीमती ४५ बर्षीया डोमा शेर्पा, काठमाडौं बौद्ध नयाँवस्तीका ३६ बर्षीय नोर्बू शेर्पा, सोही स्थानका ४० बर्षीय ङावाङ शेर्पा, ५० बर्षीय साङगेला शेर्पा र ३२ बर्षीया नुमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । 

घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको मल्ले बताउनुभयो । 
जीप सडकबाट करिब ४—५ सय मिटर तल खसेको थियो ।