पाथीभरा मन्दिर दर्शन गरेर फर्कदैं गरेको जिप दुर्घटना
- ताप्लेजुङपाथीभरा मन्दिर दर्शन गरेर फर्कदैं गरेका यात्रु बोकेको जिप ताप्लेजुङमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । फुङलिङ नगरपालिका ९ हाङदेवाको सुकेटार क्षेत्रमा भएको दुर्घटनामा परि घाइते भएका मध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धव सिग्देल र ३८ वर्षीया लक्ष्मी सिग्देललाई थप उपचारका लागि झापा पठाइएको छ ।
६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
घाइते सबै बारा निजगढका भएको प्रहरीले जनाएको छ । जिप सडकभन्दा तल झरेपनि दुर्घटनाको कारण खुलेको छैन ।