राष्ट्रिय

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकमाथि छलफल

- नगेन्द्र अधिकारीकाठमाडौं

- प्रदेश ३ सरकारले ल्याएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । सैद्धान्तिक छलफलमा बोल्दै सांसद रत्न ढकालले प्रदेशमा भएका लोपोन्मुख जातिलाई छात्रवृतिको व्यवस्था हुनुपर्ने तर्क गर्नुभयो । सांसद रिना गुरुङले पर्याप्त पूर्वाधार हुनेगरि तयारी गर्नुपर्ने बताउनुभयो ।

सांसद रिता माझीले गरिब परिवारका विद्यार्थीले निशुल्क पढ्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । नेपकिपा सांसद सिर्जना सैंजुले व्यक्तिको नाममा प्रतिष्ठान बनाउनु गलत भएको बताउनुभयो । 
छलफलमा उठेका प्रश्नहरुको जवाफमा सामजिक विकास मन्त्री युवराज दुलालले उपत्यका बाहिर पनि स्वास्थ्य शिक्षा विस्तारको लागि विधेयक ल्याएको दाबी गर्नुभयो ।

१ सय २० बेड क्षमताको हेटौंडा अस्पताललाई नै स्तरोन्ती गरेर प्रतिष्ठान सञ्चालन गर्ने सरकारको बार्षिक नीति तथा कार्यक्रममा समावेश भएर आर्थिक बर्ष २०७५/७६ को बजेटमा २ करोड रकम विनियोजन गरेको थियो । मेडिकल कलेज सहितको कम्तीमा ३ सय बेड क्षमताको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने सोच प्रदेश सरकारको छ । विधेयकमा मुख्यमन्त्री कुलपति र सामाजिक विकास मन्त्री सहकुलपति हुने प्रस्ताव गरिएको छ । प्रदेश सभाको अर्को बैठक बैशाख ३ गते १ बजेको लागि तय भएको छ ।