राष्ट्रिय

तनहुँको भिमादमा शंकास्पद वस्तु भेटियो

- प्रताप रानामगरदमौली

तनहुँको भिमाद नगरपालिका कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु बम हुन सक्ने आशंका गरिएको छ । प्रेस कुकरमा तार बेरेर राखिएको अवस्थामा सो वस्तु फेला परेको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले बताउनुभयो ।

शंकास्पद वस्तु डिस्पोजल गर्ने तयारी भइरहेको छ । नेपाली सेनाको डिस्पोजल टोलीलाई घटनास्थल पुगेको उहाँले जानकारी दिनुभयो ।