राष्ट्रिय

नेपाल – भारत सीमा ४८ घण्टा बन्द

- कमल पन्थीकमल पन्थीकमल पन्थी बर्दिया

भारतमा हुने लोकसभा निर्वाचनलाई ध्यानमा राखेर शनिबार साँझ ६ बजे देखि ४८ घण्टा नेपाल— भारत सीमा बन्द हुने भएको छ । सुरक्षालाई ध्यानमा राख्दै बर्दियासँग जोडिएको करीब ८७ किलोमिटरको सीमा आगामी सोमबार २३ गते बेलुकी सम्म बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले दुबै मुलुकका अधिकारी बीच भएको सहमति अनुसार लोकसभा निर्वाचनलाई ध्यान राख्दै सीमा बन्द गर्न लागेको बताउनुभयो । बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा हुन लागेको निर्वाचन हुन लागेको हो ।

सीमा नाका बन्द हु‘दा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुबै मुलुकका सुरक्ष्ँँकर्मीको समन्वयमा आवत जावत गर्ने बाहेक आउजाउ बन्द हुने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । निर्वाचन नजिकंदै जाँदा दुबै मुलकका सुरक्ष्ँँकर्मीले सीमामा कडाई गर्न थालेका छन् ।