राष्ट्रिय

इलाम र कन्याम बगान पनि खुल्ने 

काठमाडौं

- श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि ठप्प रहेका इलाम र कन्यामका चिया बगान पनि खुल्ने भएका छन् । सरकारले तोेके बमोजिम व्यवस्थापन पक्षले सेवासुविधा दिने प्रतिवद्धता जनाएपछि यी दुई बगान पनि सञ्चालनमा आउने भएका हुन् ।

आज इलाम र कन्याम बगानका आन्दोलनरत श्रमिकहरुसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल चिया विकास निगमका अध्यक्ष सुवास संघाईले संयुक्तरुपमा चिया वगान खुलेको घोषणा गर्नुभयो । यसअघि झापालगायत क्षेत्रका बगान र कारखाना खुलेर सञ्चालनमा आए पनि यी दुई बगान वन्द थिए ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल प्रलेश सभाका सभासदसहति स्थानीय जनप्रतिनिधिसमेत सम्मिलित भेलामा वगान खुल्ने घोषण गरिएपछि श्रमिक उत्साहित भएका छन् । सरकारले स्थायी रुपमा चियाको समस्या समाधान गर्दै रोजगारीको अवसर र विदेशी मुद्रा आर्जनको स्रोत बनाउने मन्त्री विष्टको भनाई थियो । 

आन्दोलनका कारण इलाम र कन्यामका स्थायी र पार्टटाइम गरि ३ सय श्रमिक समस्यामा थिए । गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य ३ सय ८५ रुपैयाँ तोकेको थियो । तर अहिलेसम्म पनि दैनिक २ सय ६५ रुपैयाँमा काम गरिरहनु परेको उनीहरुको गुनासो छ । श्रमिकहरुले साउन १ गतेदेखिकै बढेको ज्याला पाउनु पर्ने, दशै पेश्कीलगायत अन्य सेवा सुविधा पाउनु पर्ने लगायत माग राखेका छन् ।