खोलाले बगाएर बेपत्ता
-- खोटाङमा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारका १७ वर्षीय नवराज राई सुनकोसी खोलाले बगाएर बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान साथीहरुसँग नुहाउने क्रममा उनी बगेर बेपत्ता भएका थिए । स्थानीय बासिन्दाको सहयोगमा खोजी बेपत्ता युवकको भइरहेको प्रहरीले जनाएको छ ।