राष्ट्रिय

ललितपुरको एक केमिकल गोदाममा आगलागी

- प्रशान्त मालीप्रशान्त मालीप्रशान्त मालीललितपुर

– ललितपुर महानगरपालिका १८ भैंसेपाटीस्थित किरण प्रसाद श्रेष्ठको द काली इन्डस्ट्रियल मार्केटिङ केमिकल गोदाममा आगलागी भएको छ । प्रहरीका अनुसार गोदाममा कपडा उघोगमा प्रयोग गरिने सोडियम हाइड्रोसल्फाइड नामक केमकलको लिक्विड र पाउडर राखिएको थियो । बिहान साढे ४ बजेदेखि लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी दुर्गा सिंहका अनुसार आगो फैलिने सम्भावना भने छैन । सम्पूर्ण क्षतिको विवरण आउन बा“की छ । ललितपुर, भक्तपुर र काठमाडौं तीनै जिल्लाको दमकल आगो निभाउन प्रयोग भएको छ । केमिकलले नै निभाउनु पर्ने भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भइरहेको प्रहरीको भनाई छ ।