विप्लव माओवादीको गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
- सोलुखुम्बु- सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा विप्लव माओवादी कार्यकर्ताको गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाईएको छ । गएराती जिल्लामा दुईवटा समुहको गतिविधि देखिएको एक स्थानीयले कान्तिपुरलाई टेलिफोनमा बताए । विप्लव निकट कार्यकर्ताले भने आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् ।
असईको कमाण्डमा रहेको चौकीमा सात जनाको दरबन्दी भएपनि हिजो चारजना मात्र रहेको जनाइएको छ । प्रहरी र प्रशासनले आक्रमण नभएको तर विप्लव निकट माओवादीको गतिविधि बढेको स्वीकारेका छन् ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र मगरले भन्नुभयो, ‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो । नितान्त निगरानीका लागि सुरक्षाटोली पठाइएको हो ।