प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने
काठमाडौं– साताव्यापी युरोप भ्रमणका लागि गत शनिबार जेनेभा जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनु हुने भएको छ । फ्रान्सको भ्रमणमा रहनु भएका ओली आजै जेनेभा फर्किनु हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभाबाट नेपालका लागि आजै उड्ने र भोलि बिहान साढे १० बजे काठमाण्डौंमा उत्रने कार्यसूची रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स तीनै युरोपेली मुलुकको औपचारिक भ्रमण सक्नु भएको छ । उहा“ले आज जेनेभामा नेपालका राजदुत लगायत अन्य उच्च व्यक्तित्वसंग अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नु भएको थियो । समारोह पश्चात उहा“ सोही दिन बेलायत प्रस्थान गर्नु भएको थियो । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गर्नु भएको थियो । समकक्षी टेरेजा मे र राजकुमार चाल्र्ससंग पनि भेटवार्ता गर्नु भएको थियो । भेटका क्रममा द्विपक्षिय हितका बारेमा कुराकानी भएको थियो । यस्तै बेलायतको तीन दिने भ्रमण सकेर २९ गते फ्रान्स पुग्नु भएका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागि हुनुभयो । उहा“ले जलवायु परिवर्तन सम्बन्धि मुद्दाका विषयमा छलफल गर्नुभयो ।
यस्तै नेपाल र फ्रान्सको सांस्कृतिक सम्बन्धका विषयमा पनि छलफल गर्नु भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी फ्रान्समा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागि हुनु भएको मन्त्री ज्ञवालीले उल्लेख गर्नु भएको छ । गत शनिवार त्यसतर्फ प्रस्थान गर्नु भएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लनु हनेछ ।