राष्ट्रिय

धरानबाट दुई लुटेरा पक्राउ 

- प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बोप्रदीप मेन्याङ्बोसुनसरी

लुटपात गर्ने दुई लुटेरा धरानबाट पक्राउ परेका छन् । मर्निङवाक गरिरहेका महिलाको साथबाट सुनको सिक्री लुटपाट गर्ने दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा तेह्रथुम आङ्दिम–३ घर भई हाल धरान–३ बस्दै आएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ बस्ने १८ वर्षीय विनोद राई रहेका छन् ।

उनीहरुले धरान–१५ श्यामचोक बस्ने ४० वर्षीय कमला गौतमको साथबाट अढाई तोलाको सुनको सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए । लुटेराहरुको साथबाट गौतमको सुनको सिक्री, दुई थान मोबाइल बरामद गरेको छ । प्रहरीले दुबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।