राष्ट्रिय

रेड पाण्डाको छाला सहित ३ पक्राउ

काठमाडौं

काठमाडौंको घट्टेकुलोबाट प्रहरीले रेड पाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु रेड पाण्डाको २ थान छालासहित सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सल्लेरी गाउँपालिका–५ का २१ वर्षीय निमा दावा तामाङ र रामेछापको सुनापाती गाउँपालिका–२ का २६ वर्षीय अनुप खपाङ्गी मगर छन् ।

उनीहरुविरुद्द थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।