अरुणखोलामा डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग ठप्प, यात्रु अलपत्र
नवलपरासी- पुर्वी नवलपरासीस्थित पुर्व पश्चिम राजमार्गको अरुणखोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन सडक पनि बाढीले बगाएपछि सवारी आवातजावत ठप्प भएको छ । हिजो साँझ ५ बजेपछि लगातारको वर्षातका कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन सडक बगाएपछि सो सडककखण्ड अवरुद्ध भएको हो ।
यातायात अवरुद्ध भएपछि पुर्वपश्चिम राजमार्ग हुँदै पुर्व पश्चिम हिँडेका यात्रु अरुणखोला नजिक जंगलमा अलपत्र परेको हाम्रा सहकर्मी नारायण शर्माले जनाएका छन् ।