राष्ट्रिय

सर्पले डसेर एक महिलाको मृत्यु

दाङ,

सर्पले डसेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ कुइरे पानीकी ३१ वर्षीया बृहस्पती चौधरीको हिजो सर्पले डसेर मृत्यु भएको हो । सर्पले डसेपछि बिरामी भएकी चौधरीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी विनोदविक्रम शाहले बताउनुभयो ।