५ करोडको ‘कोकिन’सहित विदेशी नागरिक पक्राउ
काठमाडौंप्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले करिब ५ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिकलाई काठमाडौबाट पक्राउ गरेको छ ।
आइभेरीकोस्टका ३५ वर्षीय मार्सेल गुलीलाई ब्यूरोको टोलीले हिजो साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उनको साथबाट १ किलो ६ सय ग्राम कोकिन बरामद भएको ब्यूरोले जनाएको छ । सो कोकिनको बजार मूल्य ४ करोड ८० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।
सो परिमाणको कोकिन नेपाल हुँदै भारत जान लागेको ब्यूरोका प्रमुख डीआइजी दिनेश अमात्यले जानकारी दिनुभयो । पक्राउ गरेका मार्सेल गुली कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं आएका हुन् ।