राष्ट्रिय

वडाध्यक्षको मोटरसाइकलमा आगजनी 

- वीरेन्द्र केसीवीरेन्द्र केसीवीरेन्द्र केसीअर्घाखाँची

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ का वडाध्यक्ष शोभाखर पाण्डे चढ्ने मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेका छन् । भगवती घर नजिकै बाटोको डिलमा पार्किङ गरी राखेको लु १ ब १६८८ नम्बरको सरकारी मोटरसाइकल मंगलवार बिहान ५ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा कसले र किन आगो लगायो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । वडाध्यक्षसँग व्यक्तिगत रिसिबीका कारण कसैले वा नेत्रविक्रम चन्द समूहले आगो लगाएको हुन सक्ने प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।