राष्ट्रिय

कटुवा पेस्तोल सहित एक पक्राउ 

- लीला श्रेष्ठभक्तपुर

कटुवा पेस्तोल सहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोमबार राति सूर्यविनायक नगरपालिका–९ भातेढिकुर स्थित सडक छेउमा हिँड्दै गरेको अवस्थामा बारा फेटा गाउँपालिका–३ का ४१ वर्षीय शम्भुप्रसाद साह कानु प्रक्राउ परेका हुन् ।

उनको साथबाट १ थान कटुवा पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको वृत्त प्रमुख चक्रराज जोशीले बताउनुभयो । कटुवा पेस्तोल सहित पक्राउ परेका साहलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी कारबाही थालिएको उहाँले जानकारी दिनुभयो ।