राष्ट्रिय

जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न दाहालको अपिल

काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अराजकताको आतंक मच्चाएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई अपिल गर्नुभएको छ ।

तत्कालीन माओवादीका नेता पोष्टबहादुर बोगटीको पाँचौ स्मृति दिवसमा काठमाडौंको धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँलेसंघीय लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्न खोज्नेविरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले राजनीतिक दलमा व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति हावी भएको भन्दै सात दशक लामो सङ्गर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने भ्रममा नपर्न चेतावनी दिनभयो ।

चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासनमा उहाँको जोड थियो । संविधानले नै समाजवादमा जाने सङ्कल्प गरेको भन्दै उहाँले पूँजीवाद र साम्राज्यवादको घेराबाट उम्किएर समाजवादको दिशामा अघि बढ्ने बेला आएको उल्लेख गर्नुभयो