राष्ट्रिय

१९ किलो चाँदी सहित एक युवक पक्राउ 

- लक्ष्मी साहलक्ष्मी साहलक्ष्मी साहलक्ष्मी साहबारा

भारतीय सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १९ केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–६, सतुवाही गाउँबाट सो परिमाणको चाँदी सहित बारागढी गाउँपालिका–६ का मुक्ति साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीको गहना सहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक कबीर मल्लले बताउनुभयो । साहको साथबाट बरामद भएको चाँदीको बजार मूल्य १४ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

उनी सवार भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बीआर ०६ एम १०६० नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको चाँदी भन्सार कार्यालयमा पठाईने प्रहरी निरीक्षक मल्ले बताउनुभयो ।