राष्ट्रिय

राष्ट्रिय जनगणना २०७८ मा ५४ हजार वेरोजगार युवा खटिने 

काठमाडौं

- राष्ट्रिय जनगणना २०७८ कालागि करिब ५४ हजार वेरोजगार युवा परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागले अघिल्ला बर्ष जस्तो यो पटक सरकारी शिक्षक नखटाउने जनाएको हो ।

विभागले स्थानीय तहको सहयोगमा ४३ हजार २ सय ७७ गणक र ९ हजार बढी सुपरीवेक्षककालागि नयाँ भर्नालिने तयारी गरेको विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानले जानकारी दिनुभयो ।

विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका जनसंख्या निर्देशक लामिछानेले सातै वटा प्रदेश सरकारसंगको छलफलपछि शिक्षक परिचालन रोख्ने निर्णय भएको बताउँनुभयो । शिक्षक परिचालन गर्दा शैक्षिक क्यालेन्डरमा असर पर्ने, खस्कदो सरकारी विद्यालयको पठनपाठनमा झनै समस्या थपिने भन्दै शिक्षकलाई तालिम, अनुगमन तथा  अन्य सहयोगीकारुपमा परिचालन गर्ने निर्णय भएको निर्देशक लामिछानेले बताउानुभयो ।

देशमा रहेको बढ्दो बेरोजगारीलाई कमि गर्न छोटो समयकालागि भएपनि युवा परिचालन गर्ने तयारी विभागको भनाई छ । २०७७ चैत १ गतेदेखि जिल्लामा कार्यालय संचालन भएपछि गणक र सुपरीवेक्षकको भर्ना सुरु गर्ने विभागको तयारी छ ।

निर्देशक लामिछानेका अनुसार गणना सकिदा सम्म ५४ हजार ४ सय १३ जना वेरोजगार युवा परिचालन हुने छन् । जिल्लास्तरमा चाहिने गणक स्थानीय तहको आवश्यकता अनुरुप जिल्लाकै तथ्यांक कार्यालयले भर्ना गर्नेछ । २०७८ जेठ २५ देखि जनगणनाको कामसुरु गर्ने बताएको विभागले राष्ट्रिय जनगणना २०७८ का लागि “मेरो गणना मेरो सहभागिता” भन्ने नारा तय गरेको छ ।