राष्ट्रिय

शाखा अधिकृत सहित ५ जना पक्राउ 

काठमाडौं

घूस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा काठमाडौंमा कार्यरत अधिकृत सहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा काठमाडौंमा कार्यरत अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

आयोगको केन्द्रीय कार्यालय टङ्गाल कार्यालयबाट खटिएको टोलीले शाखा अधिकृत भट्टराई समेत घूस दिने किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई ३ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

यसैबीच, जिल्ला मालपोत कार्यालय कपिलवस्तुमा कार्यरत दुई कर्मचारी घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीलाई सेवाग्राहीसँग ६ हजार रुपैयाँ घूस बाफतको रकम लिईसकेको अबस्थामा पक्राउ गरेको हो । मोही नामसारी गराउने प्रयोजनका लागि उनीहरुले सेवाग्राहीसँग ६ हजार रुपैयाँ घूस लिएको आयोगको दाबी छ ।