राष्ट्रिय

आलमलाई काठमाण्डौँ ल्याइयो

काठमाडौं

- रौतहटको राजापुर बमकाण्डका मुख्य आरोपी सांसद, पूर्वमन्त्री एवं कांग्रेस नेता महोम्मद अफताब आलमलाई काठमाण्डौँ ल्याइएको छ । जिल्ला अदालत रौतहटले थुनामा राख्न हिजो आदेश दिएपछि सुरक्षाको कारण देखाउदै आलमलाई गएराति काठमाण्डौ ल्याइएको हो । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

संविधान सभा निर्वाचनका क्रममा २०६४ सालमा भएको बम विष्फोट परि घाईते भएकालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई  जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुना राख्न हिजो आदेश दिएको थियो ।