राष्ट्रिय

७७  वटै जिल्लाको नक्साको विद्युतीय अभिलेख राख्न सुरु

काठमाडौं

- सार्वजनिक जग्गा हिनामिना गर्ने क्रम बढेपछि नापी विभागले ७७  वटै जिल्लाको नक्साको विद्युतीय अभिलेख राख्न सुरु गरेको छ ।  विभागको अभिलेख तथा सूचना प्रणाली शाखा ७७ वटै जिल्लाबाट नक्सा माग गरी विद्युतीय प्रविधिमा अभिलेख राख्न सुरु गरेको हो ।

 विद्युतीय अभिलेख राखिएपछि जिल्लामा रहेका कागजी अभिलेख हराए वा नासिए पनि दोर्होयाएर नाप नक्सा गर्नु नपर्ने विभागले जनाएको छ ।  विभागले २०२१ सालदेखि विभिन्न समयमा नापी हुँदा खिचिएका तस्वीर तथा नक्साको समेत खोजी गरी अभिलेख राख्न सुरु गरिसकेको विभागका प्रवक्ता दामोदर ढकालले  जानकारी दिनुभयो ।  

विक्रम संवत २००० मा नेपाली सेनाले पेन्सिलले कोरेको काठमाडौंको नक्सा, ७७ जिल्लाबाट नक्सा, स्रेस्ता र फिल्डबुक लगायतका अभिलेख व्यवस्थित गर्ने काम गरिरहेको विभागले अबको दुई वर्षभित्र नक्साको डिजिटल अभिलेख व्यवस्थित गरिसक्ने लक्ष्य राखेको छ ।