राष्ट्रिय

कालिञ्चोकमा हिमपात, चिसो बढ्यो

- रेडियो कान्तिपुर संवाददातादोलखा

धार्मिक तथा पर्यटकीय क्षेत्र दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । हिमाली जिल्ला दोलखाको उच्च पहाडी क्षेत्रहरुमा पनि हिउँले ढाकिन थालेको छ । यसवर्षको जाडो मौसममा पहिलोपटक हिमपात सुरु हो । 

हिमपात सुरु भएपछि दुई हजार मिटर भन्दा माथि सदरमुकाम चरिकोट लगायतका क्षेत्रहरुमा चिसो बढेको छ । सिमसिम पानी परिरहेको जनजीवन कठीन बन्दै छ ।