गाउँपालिका अध्यक्ष सवारी ज्यान मुद्दामा पक्राउ
- बारासवारी ज्यान मुद्दामा दोषी ठहर बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
अदालतबाट दोषी ठहर भएपछि फरारको सूचीमा रहेका भेडिहरलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो । भेडिहरलाई आजै अदालतमा हाजिरी गराई कैद सुजाय भुक्तानको लागि कारागार पठाउने प्रहरीले जनाएको छ ।
२०६१ सालमा भेडिहरले चलाएको मोटरसाईकल दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको थियो । २०६३ भदौ २९ मा बारा जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो ।
घटना भएको १५ बर्षसम्म उनी बाहिरै थिए । फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।