राष्ट्रिय

सञ्चारमन्त्रालयको जिम्मेवारी खतिवडालाई

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले सम्हालेका मन्त्रालयको जिम्मेबारी बाँडफाँट गर्नुभएको छ । 

बाँस्कोटाले सञ्चारसहित शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । 

राष्ट्रपति कार्यालयले साँझ विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मका लागि सञ्चार मन्त्रालयको जिम्मेबारी अर्थमन्त्री युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई दिएको जनाएको छ ।