राष्ट्रिय

बीपी प्रतिष्ठानले सुरु गर्‍यो फोन ओपिडी सेवा

- प्रदीप मेन्याङबोधरान

– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा केही दिनलाई स्थगित गरेपछि सर्वसाधारण बिरामीका लागि भोलिदेखि फोन ओपिडी सेवा संचालनमा ल्याएको छ । 

कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएसंगै प्रतिष्ठानले तत्काल उपचार नगर्दा ज्यान जोखिममा नपर्ने स्वास्थ्य सेवाहरु केही समयका लागि स्थगित गरेपछि हेल्पलाइन मार्फत फोन ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । 

प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐयरले अस्पताल सबैभन्दा बढी जोखिमपुर्ण हुने भएकाले भाइरस संक्रमणको ‘चेन ब्रेक’ का लागि नियमित फलोअपमा जानु पर्ने विरामीहरु र अन्यले घरैमा बसेर चिकित्सकको सल्लाह सुझाव लिन सक्ने बताउनुभयो । 

प्रतिष्ठानमा सामान्य विरामीको चाप घटाएर कोरोनाको संभावित सक्रमण बाट अन्य विरामी वा सर्वसाधारणलाई बचाउन १३ वटा ओपिडी विभागका हेल्पलाइन सार्वजनिक गरेको सहप्रवक्ता डा. ऐयरले उल्लेख गर्नुभयो ।