राष्ट्रिय

यार्सा चोर्नेलाई ५० हजार जरिवाना

- राजबहादुर शाहीमुगु

– मुगुको पाटन क्षेत्रमा लुकिछिपी यार्सा चोर्न जाने ब्यक्तिलाई ५० हजार जरिवाना तोकिएको छ । कोरोना भाइरस फैलिन डरले यो बर्ष मुगु कार्मारोङ गाउँपालिकाले यार्सा टिप्न प्रतिबन्ध गरेको छ । नियमको उल्लंघन गर्दै चोर बाटो प्रयोग गरि यार्सा टिप्न जाने ब्यक्तिलाई पक्राउ गरि ५० हजार जरिवाना गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

अबैध बाटो अपनाएर यार्सा चोर्न पाटन जाने ब्यक्तिलाई ५० हजार जरिवानागर्ने निर्णय गरिएको मुगुमकार्मारोङ गाउँपालिकाअध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयो । यो बर्ष यार्सा टिप्न कार्य प्रतिबन्धले अर्को बर्ष यार्सा उत्पादनमा बृद्धि हुने हुने आसा गरिएको शाहीको भनाई छ । कोरोना संक्रमणले यो बर्ष यार्सा संरक्षणमा टेवा पुगेको प्रशासकिय अधिकृतको भनाई छ ।