राष्ट्रिय

संखुवासभामा पहिलो पटक २ जनामा कोरोना पोजेटिभ

- दीपेन्द्र शाक्यसंखुवासभा

भारतबाट रुपन्देही नाका हुँदै संखुवासभा आएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाँदबारी नगरपालिका–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुष छन् । 

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो । संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । उनीहरु दुबै जनालाई एम्बुलेन्स मार्फत विराटनगर लैजाने तयारी भईरहेको छ ।