राष्ट्रिय

पूर्वी नवलपरासीका थप एकमा कोरोना संक्रमण

- रेडियो कान्तिपुरनवलपरासी

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईका अनुसार वडा नम्बर १३ को क्वारेन्टिनमा रहेका ४५ वर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई जिल्लाको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा लगिएको छ । 

योसँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।