जिल्ला अस्पताल पुन: सञ्चालनमा
- सल्यानसल्यानको जिल्ला अस्पताल पुन:संचालनमा आएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको अस्पताल संचालनमा आएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताउनुभयो ।
असार ९ गते जिल्ला अस्पतालका पुरुष स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि ११ देखि आकस्मिक सेवा बाहेक सबै सेवाहरु अनिस्चितकालिन बन्द गरेको थियो । अहिले अस्पतालमा सेवा ग्राहीको भिड लागेको छ ।
दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सम्पुर्ण कामकाज रोकिएको दार्मा गाउँपालिकाले पनि कार्यालयको कामकाज नियमित सुचारु गरेको जनाएको छ । कोरोना देखिएका कर्मचारीका पछिल्नो पिसिआर रिर्पोट नेगेटिभ देखिएपछि कार्यालयको कामकाज सुचारु गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म दुई १५ जना कोराना संक्रमित भएका थिए ।