पहिरोले च्याप्दा तीन मजदुर घाइते
- पाल्पापाल्पामा पहिरोमा परेर तीन मजदुर घाइते भएका छन् ।
मोटरबाटोमा रिटेनिङ वाल उठाउने क्रममा पहिरोले च्यापेर तानसेन नगर नगरपालिका–७, सुन्दरगाउँमा रोल्पा घर भएका कामदारहरु १९ वर्षीय कमलाल बुढा, २५ वर्षीय भुपेन्द्र बुढा र १८ वर्षीय जुना रोक्का घाइते भएको प्रभास प्रहरी चौकी प्रमुख एक्का बहादुर नेपालीले बताउनुभयो ।
घाइतेहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको स्थानीय विनोदकुमार शर्माले जानकारी दिनुभयो । घाइतेको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।