हवाई फायर गरेर लागु औषध कारोबारी पक्राउ
- रुकुम पश्चिमहवाई फायर गरेर प्रहरीले अवैध लागु औषध अफिम सहित रुकुम पश्चिमबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको एक टोलीले ४ किलो ५ सय ग्राम अफिम सहित एक बाँफिकोट गाउँपालिकाका ३५ वर्षीय शंकर पुरीलाई पक्राउ गरेको हो । सडकमा हिडिरहेका २ जनालाई शंका लागेर सोधपुछ गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको थियो ।
त्यसपछि एक राउण्ड हवाई फायर गरेर प्रहरीले पुरीलाई नियन्त्रणमा लिएपनि अर्का भने फरार भएका थिए । प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले उनको खोजी भइरहेको जानकारी दिनुभयो ।
पुरीको साथबाट प्रहरीले नगद २६ हजार र एक थान मोवाइल बरामद गरेको छ ।